‘न्यायाधीश साथी हो, मुद्दा मिलाइदिन्छु’
सोमबार, १६ पुस २०८०, १६ : ५४

काठमाडौँ । न्यायाधीशहरू आफ्नो सहपाठी रहेको भन्दै मुद्दा मिलाइदिन्छु भनेर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी लोहपट्टी नगरपालिका–७ घर भई हाल काठमाडौँको तीनकुने बस्ने ५४ वर्षीय रत्नेश्वरप्रसाद शर्मा रहेका छन् ।
शर्माले बैंकिङ कसुर मुद्दामा थुनामा रहेकाहरूलाई सजिलै मुद्दामा कानुनी उन्मुक्ति दिलाउने विश्वास दिलाई विभिन्न बैंक खातामा १० लाख १६ हजार रुपैयाँ लिएर ठगी गरेका थिए । उनलाई गत पुस १३ गते काठमाडौँको थापागाउँबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड
-
आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिँदैनौँ : खानेपानीमन्त्री