‘न्यायाधीश साथी हो, मुद्दा मिलाइदिन्छु’
सोमबार, १६ पुस २०८०, १६ : ५४
काठमाडौँ । न्यायाधीशहरू आफ्नो सहपाठी रहेको भन्दै मुद्दा मिलाइदिन्छु भनेर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी लोहपट्टी नगरपालिका–७ घर भई हाल काठमाडौँको तीनकुने बस्ने ५४ वर्षीय रत्नेश्वरप्रसाद शर्मा रहेका छन् ।
शर्माले बैंकिङ कसुर मुद्दामा थुनामा रहेकाहरूलाई सजिलै मुद्दामा कानुनी उन्मुक्ति दिलाउने विश्वास दिलाई विभिन्न बैंक खातामा १० लाख १६ हजार रुपैयाँ लिएर ठगी गरेका थिए । उनलाई गत पुस १३ गते काठमाडौँको थापागाउँबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण