युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने म्यानपावर सञ्चालक पक्राउ
सोमबार, १६ पुस २०८०, १७ : ०६

काठमाडौँ । युरोप पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना म्यानपावर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मार्स म्यानपावरका सञ्चालक ४१ वर्षीय जयराम पौडेल रहेका छन् ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ घर भएका पौडेलले पदमकुमार श्रेष्ठसहित २ जनालाई वैदेशिक रोजगारीका लागि युरोपमा प्रतिष्ठित कम्पनीमा राम्रो तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभन देखाएर ठगी गरेका हुन् । प्रहरी नायक उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनले पीडितहरूबाट पटक–पटक गरी १९ लाख ६० हजार रुपैयाँ रकम लिएका थिए ।
उनलाई गत पुस १२ गते काठमाडौँको कोटेश्वरबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको रेग्मीको भनाई छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड
-
आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिँदैनौँ : खानेपानीमन्त्री