युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने म्यानपावर सञ्चालक पक्राउ
सोमबार, १६ पुस २०८०, १७ : ०६
काठमाडौँ । युरोप पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना म्यानपावर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मार्स म्यानपावरका सञ्चालक ४१ वर्षीय जयराम पौडेल रहेका छन् ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ घर भएका पौडेलले पदमकुमार श्रेष्ठसहित २ जनालाई वैदेशिक रोजगारीका लागि युरोपमा प्रतिष्ठित कम्पनीमा राम्रो तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभन देखाएर ठगी गरेका हुन् । प्रहरी नायक उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनले पीडितहरूबाट पटक–पटक गरी १९ लाख ६० हजार रुपैयाँ रकम लिएका थिए ।
उनलाई गत पुस १२ गते काठमाडौँको कोटेश्वरबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको रेग्मीको भनाई छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण