विद्युतीय सवारीमा मस्कको टेस्लालाई उछिन्दै बीवाईडी
बेइजिङ । चिनियाँ कम्पनी बीवाईडीले इलोन मस्कको टेस्लालाई उछिन्दै विश्वमै सबैभन्दा धेरै विद्युतीय कार बिक्री गर्ने निर्माता कम्पनी बन्नेमा एक कदम नजिक पुगेको छ । कम्पनीले सोमबार सन् २०२३ को पछिल्ला तीन महिनामा रेकर्ड ५ लाख २६ हजार ब्याट्रीबाट चल्ने कार बिक्री गरेको जानकारी दिएको हो ।
डिसेम्बरमा कम्पनीको कार बिक्रीमा ७० प्रतिशतले वृद्धि भएको थियो । अमेरिकी कम्पनीले टेस्लाले मंगलबार आफ्नो त्रैमासिक विवरण सार्वजनिक गर्ने जनाएको छ ।
सेन्जेनमा रहेका बीवाईडीले सन् २०२३ मा ३० लाखभन्दा बढी ‘न्यू एनर्जी भेहिकल (एनईभी)’ बिक्री गरेको जानकारी दिएको छ । यसमध्ये १६ लाख ब्याट्रीबाट मात्र चल्ने कारहरू रहेका थिए ।
विज्ञहरूले टेस्लाले पछिल्ला ३ महिनामा ४ लाख ८३ हजार कार बिक्री गरेको प्रक्षेपण गरेका छन् । गत वर्ष कम्पनीले १८.२ लाख कार बिक्री गरेको उनीहरूको अनुमान छ ।
गत जनवरीमा मस्कले टेस्लासँग सन् २०२३ मा २० लाख कार डेलिभरी गर्न सक्ने क्षमता रहेको बताएका थिए । तर त्यस यता उनले उधारोको उच्च लागतले कम्पनीको कारको मागमाथि दबाब बढाइरहेको बताउँदै आएका छन् ।
बीवाईडीमा प्रमुख कार्यकारी वाङ चाङफूले आफन्तसँग मिलेर सन् १९९५ मा बीवार्डडीको स्थापना गरेका छन् । सन् २००८ मा अमेरिकी लगानीकर्ता वारेन बफेटको बर्कसायर हाथावेलाई सेयरहोल्डरको रूपमा समावेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण