धावन मार्गमा गुडिरहेको विमानमा आगलागी
मङ्गलबार, १७ पुस २०८०, १५ : ४८
काठमाडौँ । जापानको हनेदा विमानस्थलमा मंगलबार एउटा विमानमा आगलागी भएको छ । धावन मार्गमा गुडिरहेको अवस्थामा विमानमा आगो लागेको हो ।
समाचार एजेन्सीहरुका अनुसार होक्काइदो सहरबाट ३०० भन्दा बढी यात्री लिएर आएको जापान एयरलाइन्सको जेट विमान अवतरण लगत्तै धावन मार्गमा गुडिरहेको समयमा आगोको मुस्लो देखिएको हो । उक्त विमान त्यहाँ रहेको अर्को विमानमा ठोक्किएपछि आगो लागेको बताइए पनि औपचारिक रुपमा थप विवरण सार्वजनिक गरिएको छैन ।
विमानमा सवार यात्रीको अवस्थाबारे पनि खुलाइएको छैन । यद्यपि ‘एनएचके’ टेलिभिजनले आगलागीपछि उद्धारकर्मीको टोलीले आगो निभाउन प्रयास गरिरहेको दृश्य प्रसारण गरेको छ । विमानको झ्यालबाट आगो र धुवाँको मुस्लो बाहिर निस्किएको पनि उक्त फुटेजमा देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण