मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

धावन मार्गमा गुडिरहेको विमानमा आगलागी

मङ्गलबार, १७ पुस २०८०, १५ : ४८
मङ्गलबार, १७ पुस २०८०

काठमाडौँ । जापानको हनेदा विमानस्थलमा मंगलबार एउटा विमानमा आगलागी भएको छ । धावन मार्गमा गुडिरहेको अवस्थामा विमानमा आगो लागेको हो ।

समाचार एजेन्सीहरुका अनुसार होक्काइदो सहरबाट ३०० भन्दा बढी यात्री लिएर आएको जापान एयरलाइन्सको जेट विमान अवतरण लगत्तै धावन मार्गमा गुडिरहेको समयमा आगोको मुस्लो देखिएको हो । उक्त विमान त्यहाँ रहेको अर्को विमानमा ठोक्किएपछि आगो लागेको बताइए पनि औपचारिक रुपमा थप विवरण सार्वजनिक गरिएको छैन ।

विमानमा सवार यात्रीको अवस्थाबारे पनि खुलाइएको छैन । यद्यपि ‘एनएचके’ टेलिभिजनले आगलागीपछि उद्धारकर्मीको टोलीले आगो निभाउन प्रयास गरिरहेको दृश्य प्रसारण गरेको छ । विमानको झ्यालबाट आगो र धुवाँको मुस्लो बाहिर निस्किएको पनि उक्त फुटेजमा देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप