सामाजिक सुरक्षा कोष र बलरा नगरपालिकाबिच श्रमिक आबद्धता सम्बन्धी सम्झौता
काठमाडौँ । सामाजिक सुरक्षा कोष र मधेस प्रदेशको बलरा नगरपालिकाबिच श्रमिक आबद्धता सम्बन्धी सम्झौता भएको छ । मंगलबार सामाजिक सुरक्षा कोषको कार्यालयमा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र बलरा नगरपालिकाका मेयर रामाशंकर प्रसाद कुशवाहाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
बलरा नगरपालिकामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकसँगै स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा योजनाभित्र समेट्नका लागि सम्झौता गरिएको छ ।
सम्झौतासँगै बलरा नगरपालिका भित्रका अनौपचारिक क्षेत्र तथा स्वरोजगारका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया सुरु भएको मेयर कुशवाहाले बताए ।
कुशवाहाले जनताको जीवनयापन तथा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याहरुको समुचित सम्बोधन गर्न सामाजिक सुरक्षा अपरिहार्य भएको बताए । उनले जनतासामु गरेका प्रतिबद्धतालाई साकार गर्न नगर क्षेत्र भित्रका अनौपचारिक तथा स्वरोजगारका श्रमिकलाई बढीभन्दा बढी कोषमा आबद्ध गर्ने विषयमा प्रतिबद्धता जाहेर गरे ।
कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा आबद्ध गराउने बलरा नगरपालिकाको निर्णयले नगरक्षेत्रको मात्र नभई कोषमा आबद्ध हुन चाहने अन्य स्थानीय तहलाई समेत प्रेरित गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण