सामाजिक सुरक्षा कोष र बलरा नगरपालिकाबिच श्रमिक आबद्धता सम्बन्धी सम्झौता

काठमाडौँ । सामाजिक सुरक्षा कोष र मधेस प्रदेशको बलरा नगरपालिकाबिच श्रमिक आबद्धता सम्बन्धी सम्झौता भएको छ । मंगलबार सामाजिक सुरक्षा कोषको कार्यालयमा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र बलरा नगरपालिकाका मेयर रामाशंकर प्रसाद कुशवाहाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
बलरा नगरपालिकामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकसँगै स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा योजनाभित्र समेट्नका लागि सम्झौता गरिएको छ ।
सम्झौतासँगै बलरा नगरपालिका भित्रका अनौपचारिक क्षेत्र तथा स्वरोजगारका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया सुरु भएको मेयर कुशवाहाले बताए ।
कुशवाहाले जनताको जीवनयापन तथा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याहरुको समुचित सम्बोधन गर्न सामाजिक सुरक्षा अपरिहार्य भएको बताए । उनले जनतासामु गरेका प्रतिबद्धतालाई साकार गर्न नगर क्षेत्र भित्रका अनौपचारिक तथा स्वरोजगारका श्रमिकलाई बढीभन्दा बढी कोषमा आबद्ध गर्ने विषयमा प्रतिबद्धता जाहेर गरे ।
कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा आबद्ध गराउने बलरा नगरपालिकाको निर्णयले नगरक्षेत्रको मात्र नभई कोषमा आबद्ध हुन चाहने अन्य स्थानीय तहलाई समेत प्रेरित गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान कार्यान्वयन गर्न पार्टीहरु इमान्दार हुनुपर्छ : कृष्णगोपाल श्रेष्ठ
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
सुदूरपश्चिम सकेर माओवादी अभियान कर्णाली प्रदेशमा
-
बङ्गलादेशमा नेपाली फुड फेस्टिभल भव्यताका साथ सम्पन्न
-
प्राविधिक शिक्षा : सम्भावनाको नयाँ बाटो
-
एमआरपीमा कडाइ गरेपछि ‘आत्तिए’ व्यवसायी, तत्काल लागु नगराउन ‘लबिङ’