आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वविद्यालयका उपकुलपति नियुक्ति राजनीतिक भागबन्डाबाट गर्नुहुन्न : अध्यक्ष बडाल

अनेरास्ववियु पब्लिक यूथ क्याम्पस कमिटीको अध्यक्षमा शाही
बुधबार, १८ पुस २०८०, ०९ : ४२
बुधबार, १८ पुस २०८०

काठमाडौँ । विद्यार्थी सङ्गठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले  विश्वविद्यालय सुधारका लागि उपकुलपति नियुक्ति गर्दा खुल्ला प्रतिस्पर्धाको आधारमा गर्नुपर्ने बताएका छन् ।

 पब्लिक यूथ क्याम्पस कमिटी काठमाडौँको १३औँ क्याम्पस कमिटी सम्मेलनलाई सम्बोधन गर्दै उनले भने –'आज विश्व विद्यालयहरूको अवस्था किन यस्तो भयो  ? यसमा हामी सबै गम्भीर हुनु जरुरी छ ।  जब विश्वविद्यालयहरू राजनीतिक भागबन्डाको सिकार भए, परिणाम स्वरूप शिक्षा क्षेत्र अस्तब्यस्त भएको छ ।' उनले विश्वविद्यालय सुधारका लागि अनेरास्ववियुले सङ्घर्ष गर्ने बताए ।  

सम्मेलनले नीराजन विक्रम शाहीको अध्यक्षमा ३७ सदस्यीय  क्याम्पस कमिटी  गठन गरेको छ ।

public

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप