शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमाले गण्डकीले गर्‍यो राष्ट्रियसभा सदस्यका आकांक्षी उम्मेदवारको नाम सिफारिस

बुधबार, १८ पुस २०८०, १५ : ३२
बुधबार, १८ पुस २०८०

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि आकांक्षीको नाम सिफारिस गरेको छ । गण्डकीमा रिक्त रहने ३ सदस्यका लागि एमालेले ९ जना आकांक्षीको नाम केन्द्रमा पठाइएको हो । 

एमाले गण्डकीले स्याङजाका चक्र बहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा र म्याग्दीका ममतादेवी शर्मा उपाध्यायको नाम सिफारिस गरेको छ । यस्तै अपाङ्ग अल्पसंख्यकमा कास्कीका मेघराज आचार्य,  मुस्ताङका हेमन्त शेरचन र गोरखाका मिना वराम छन् । 

यस्तै, महिलामा गोरखाकी सम्झना देवकोटा, कास्कीका सगुन गुरुङ र स्याङ्जाकी ईश्वरी सिग्देल अर्यालको सिफारिस गरिएको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनन्जय दवाडीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप