बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

पतञ्जलि योगपीठका अध्यक्ष बालकृष्णले भेटे प्रधानमन्त्री

बुधबार, १८ पुस २०८०, १७ : ००
बुधबार, १८ पुस २०८०

काठमाडौँ । पतञ्जलि योगपीठ भारतका अध्यक्ष आचार्य बालकृष्णले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत सरकारका मन्त्रीहरूसँग आज भेटघाट गरेका छन् । उनले नेपालको समृद्ध भविष्यको योजनाका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डसहित मन्त्री, सांसद, मुख्यसचिव लगायतसँग बृहत् छलफल भएको जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा भेटघाटको फोटो पोस्ट गर्दै बालकृष्णले लेखेका छन्, ‘नेपालको समृद्धिमा पतञ्जलिले कसरी योगदान पुर्‍याउन सक्छ भन्ने विषयमा धेरै समसामयिक विषयमा योजनाबद्ध छलफल भएको थियो । सबै माननीय सदस्यहरूले पतञ्जलिको प्रयासको प्रशंसा गर्दै नेपालको विकासका लागि मिलेर काम गर्ने धारणा राखेका थिए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप