स्लोभेनिया पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
बुधबार, १८ पुस २०८०, १८ : ४७

काठमाडौँ । स्लोभेनिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ घर भएर चन्द्रागिरि नगरपालिका–१३ बस्ने २५ वर्षीय अजय राज शाही र गोरखा चुमनुव्री गाउँपालिका–४ घर भएकी ३५ वर्षीया छिमी सुनिन छन् ।
आरोपीहरूले २ लाख ८० हजार ठगी गरेको आरोप छ । उनीहरूलाई मंगलबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
वैदेशिक रोजगारीका लागि स्लोभेनिया पठाई फ्याक्ट्रीमा मासिक ७० हजार रुपैयाँ तलबमा काम लगाउँछौँ भनेर आरोपीहरूले पीडितसँग रकम लिएका हुन् । रकम लिएर सम्पर्कविहीन भएपछि पीडितले वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए ।
आरोपीहरूलाई कारबाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड