स्लोभेनिया पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
बुधबार, १८ पुस २०८०, १८ : ४७
काठमाडौँ । स्लोभेनिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ घर भएर चन्द्रागिरि नगरपालिका–१३ बस्ने २५ वर्षीय अजय राज शाही र गोरखा चुमनुव्री गाउँपालिका–४ घर भएकी ३५ वर्षीया छिमी सुनिन छन् ।
आरोपीहरूले २ लाख ८० हजार ठगी गरेको आरोप छ । उनीहरूलाई मंगलबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
वैदेशिक रोजगारीका लागि स्लोभेनिया पठाई फ्याक्ट्रीमा मासिक ७० हजार रुपैयाँ तलबमा काम लगाउँछौँ भनेर आरोपीहरूले पीडितसँग रकम लिएका हुन् । रकम लिएर सम्पर्कविहीन भएपछि पीडितले वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए ।
आरोपीहरूलाई कारबाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण