लम्पी स्किन रोगविरुद्ध भ्याक्सिन उत्पादन गर्न आइएलआरले सहयोग गर्ने
काठमाडौँ । नेपालमा लम्पी स्किन रोगविरुद्ध भ्याक्सिन उत्पादनका लागि अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) ले सहयोग गर्ने भएको छ । पशुचौपायमा लाग्ने लम्पी स्किन रोगविरुद्ध भ्याक्सिन नेपालमा उत्पादन गर्नका लागि सो संस्थानले ‘सिड भाइरस’ सहयोग गर्ने भएको हो ।
नेपालमा लम्पी स्किन रोग विरुद्ध भ्याक्सिन उत्पादन गर्न सक्ने क्षमता छ, तर भ्याक्सिनको सिड उत्पादन गर्न नसक्ने भएकाले नेपालले सो संस्थानसँग सहयोगको आग्रह गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले बताए । सो संस्थानले नेपाललाई ‘सिड भाइरस’ उपलब्ध गराउने भएको हो ।
सरकारी र निजी क्षेत्रले समन्वय गरेर भ्याक्सिन उत्पादन गर्ने उनले उल्लेख गरे । निजी क्षेत्रले लम्पी स्किनको भ्याक्सिन बिक्री गरेपनि सरकारी निकायबाट केही राजस्व लिएर मात्रै किसानलाई उपलब्ध गराउने पौडेलले बताए ।
देशभर १७ हजारभन्दा बढी पशुचौपाया अझै लम्पी स्किन सक्रिय संक्रमित छन् । १७ हजार ३ सय लम्पी स्किन सक्रिय संक्रमित पशुचौपाया रहेको पशु सेवा विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार देशभर कुल गाईभैंसीको संख्या ७५ लाखमध्ये १५ लाख ३६ हजार पशु संक्रमित भएका थिए । हालसम्म ६५ हजार ४ सय पशुचौपायाको मृत्यु भइसकेको छ । मृत्यु भएका पशुचौपायाको क्षति ७६ अर्ब ४ लाख रुपैयाँ रहेको नेपाल पशु चिकित्सा परिषद्ले जनाएको छ ।
संक्रमित पशुमध्ये ९४ दशमलव ६२ प्रतिशत पशुचौपाया निको भइसकेका छन् भने १ दशमलव १२ प्रतिशत सक्रिय संक्रमित छन् । संक्रमितमध्ये ४ दशमलव २६ प्रतिशत पशुको मृत्यु भइसकेको विभागको तथ्यांकमा उल्लेख छ । हालसम्म १० लाख ५३ हजार ५ सय ५२ पशुचौपायालाई लम्पी स्किनको विरुद्धको खोप लगाइएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण