भारतीय विदेशमन्त्रीसँग नेपालले भोगिरहेको समस्याबारे आवाज उठाउन आवश्यक : रिजाल
काठमाडौँ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा नेपालका सरकारले देशको हितमा अडान लिनुपर्ने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिमेकी मुलुकसँग आफ्नो देशको हितमा अडान राख्दा कुनै पनि राष्ट्र नरिसाउने उनले बताए ।
उनले आफ्नो पार्टीको तर्फबाट भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको सफलताको शुभकामना व्यक्त गरे । नेपालको तुलनामा भूगोल, अर्थतन्त्र र जनसङ्ख्याको आधारमा भारत ठुलो भए पनि सार्वभौम सत्ताको दृष्टिले दुवै देश समान हैसियतमा रहेको उनको भनाइ छ । सार्वभौमसत्ता र देशको हितलाई ध्यानमा राखेर सरकारले आफ्ना कुराहरू राख्नुपर्ने उनले बताए ।
केपी शर्मा ओली प्रधानमन्त्री भएको बखत संविधान संशोधन गरेर नेपालको वास्तविक भूभागसहित राखेर नक्सा सार्वजनिक गर्दा आफूहरूले भारत सरकारसँग वार्ता र छलफलबाट समाधान खोज्न आग्रह गरेको उनले स्मरण गराए । त्यसपछि सरकार परिवर्तन भएको र वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण हुँदा यस विषयलाई कार्पेटमुनि लुकाइएको उनको टिप्पणी छ ।
एमालेले कसैलाई पनि नहेप्ने र आफू पनि नहेपिने उनको भनाइ छ । एमाले समस्याहरूलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्ने दल भएको उनले बताए ।
भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा नेपालले भोगिरहेको समस्याबारे जोडदार रूपमा आवाज उठाउन आवश्यक रहेको उनले बताए । भारतमा चिकित्सा अध्ययन गरिरहेका नेपालीहरूलाई त्यहाँ समान कामको समान ज्याला नरहेको र भारत भ्रमणका क्रममा नेपालीहरूले त्यहाँ सहज रूपमा सिम कार्ड नपाउनेलगायतका विषयमा पनि जोडदार रूपमा कुरा राख्नुपर्ने उनको माग छ ।
नेपाल र भारतबिच रहेका जति पनि समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान खोजेर समाधान हुन नसकेका कुरालाई पुनः वार्ता र संवादको वातावरण बनाउनुपर्ने उनको भनाई छ । एस जयशंकरको नेपाल भ्रमणका क्रममा राष्ट्रिय हित, मर्यादा, स्वाभिमान र राष्ट्रिय स्वार्थको कुरा राख्न उनले नेपाल सरकार र परराष्ट्रमन्त्री एनपी साउदलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण