शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमालेले बोलायो सचिवालय बैठक

बुधबार, १८ पुस २०८०, २० : ५४
बुधबार, १८ पुस २०८०

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पुस २० गते शुक्रबार १२ः४५ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको हो । 

बैठकमा राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल गर्ने एजेण्डा तय भएका  छन् ।  एमालेले राष्ट्यिसभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीलाई बुधवारभित्र उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो ।

सिफारिस उम्मेदवारहरुबारे शुक्रबारको बैठकमा छलफल गरेर टिकट दिने एमालेको तयारी छ । नेकपा एमालेले राष्ट्यिसभा निर्वाचन जित्न तीनवटा रणनीति तय गरेको छ ।

त्यसमध्ये गठबन्धनभित्र सहमतिमै केही सिट लिने त्यो नभए कांग्रेस वा माओवादीसँग मिल्ने, त्यो पनि नभए एक्लै चुनाव लड्ने रणनीतिमा छन् । त्यसका लागि एमालेले विभिन्न दल र तिनका नेताहरुसँग छलफल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप