एमालेले बोलायो सचिवालय बैठक
बुधबार, १८ पुस २०८०, २० : ५४
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पुस २० गते शुक्रबार १२ः४५ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल गर्ने एजेण्डा तय भएका छन् । एमालेले राष्ट्यिसभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीलाई बुधवारभित्र उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो ।
सिफारिस उम्मेदवारहरुबारे शुक्रबारको बैठकमा छलफल गरेर टिकट दिने एमालेको तयारी छ । नेकपा एमालेले राष्ट्यिसभा निर्वाचन जित्न तीनवटा रणनीति तय गरेको छ ।
त्यसमध्ये गठबन्धनभित्र सहमतिमै केही सिट लिने त्यो नभए कांग्रेस वा माओवादीसँग मिल्ने, त्यो पनि नभए एक्लै चुनाव लड्ने रणनीतिमा छन् । त्यसका लागि एमालेले विभिन्न दल र तिनका नेताहरुसँग छलफल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण