शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

४ जना मृतावस्थामा फेला

बिहीबार, १९ पुस २०८०, ११ : ५६
बिहीबार, १९ पुस २०८०

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दाङको लमही नगरपालिका-३ नारायणपुरस्थित चेनुवाचपरा बस्ने ६५ वर्षीय सुखीराम चौधरी सोही ठाउँस्थित बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी मोरङको रंगेली नगरपालिका-५ आँपगाछी बस्ने ६२ वर्षीया पारो देवी मण्डल आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् भने काठमाडौं महानगरपालिका-८ पशुपती देवालय पाटीको पेटीमा करिब ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । 
यसैगरी ललितपुरको  नख्खु चोभार भन्ज्याङमा करिब ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप