४ जना मृतावस्थामा फेला
बिहीबार, १९ पुस २०८०, ११ : ५६
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दाङको लमही नगरपालिका-३ नारायणपुरस्थित चेनुवाचपरा बस्ने ६५ वर्षीय सुखीराम चौधरी सोही ठाउँस्थित बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी मोरङको रंगेली नगरपालिका-५ आँपगाछी बस्ने ६२ वर्षीया पारो देवी मण्डल आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् भने काठमाडौं महानगरपालिका-८ पशुपती देवालय पाटीको पेटीमा करिब ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी ललितपुरको नख्खु चोभार भन्ज्याङमा करिब ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालयका कर्मचारीले कार्यालय पोसाकमा खिचिएका फोटो/भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने (आचारसंहिताको पूर्णपाठ)
-
फ्रान्ससँग भिडन्त अगाडि मोरक्कोलाई ठुलो धक्का
-
ठूला नदीमा बहाव सामान्य, साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम
-
गरुडा–कटहरिया सडक जीर्ण, तत्काल मर्मत नभए आवागमन ठप्प हुने चिन्ता
-
तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि...
-
बालबालिकालाई सधैँका लागि प्रचुर मात्रामा तरकारी खाने बानी कसरी बसाल्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण