बिहे स्थलमा आमिरका ज्वाईं जिमवेयरमै आएपछि....
नयाँ दिल्ली । जनवरी ३ मा बलिउड अभिनेता आमिर खानकी छोरी आयरा खानको बिहे भएको छ । ब्याइफ्रेन्ड नूपुर सिखरेसँग आयराले शानदार तरिकाले बिहे गरिन् । बिहेका कयौँ तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । बिहेका दिन बेहुला शेरवानीमा चटक्क सजिएर आउँछन् । तर मिष्टर पर्फेक्शनिष्टको ज्वाइँ भने जिमवेयरमा आएका थिए । त्यो पनि ८ किमी परदेखि साथीहरूसँग दौडिँदै ।
नुपूरले कालो सेन्डोमुनी सेतो सर्ट्स लगाएका थिए । बिहे भेन्युमा पुगेर नुपुर ढोल बजाएर धेरै नाचेका पनि देखिन्छन् । स्टेजमा आफ्ना दुलाहा यस्तो हालतमा आएको देखेर आयराले सबैसँग माफी मागिन् । अनि उनलाई तयार हुन पठाइन् । तयार हुन जानु अघि भने नुपूरले स्टेजमा आयरासँग बसेर आफ्नो आधिकारिक विवाह प्रमाणपत्रमा हस्ताक्षर गरेका थिए ।
सामाजिक सञ्जालमा नूपुरका कयौँ तस्बिर भाइरल भइरहेका छन् । बिहेकै दिनमा आयरा पनि सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्थिन् । उनले ‘ब्राइड टू बी’ को हेयरब्यान्ड लगाएकी थिइन् । ‘आज दिनभर म यसलाई लगाइरहन्छु’ उनले भनेकी थिइन् । यी दुवैको बिहे गर्ने अनौठो तरिका देखेर फ्यानहरूले भने निकै कमेन्ट गरेका थिए ।
एकजना फ्यानले लेखेका छन्– ‘अरे भाइ, यो कस्तो खालको दुलाहा हो, जो जिमवेयरमा आफ्नो बेहुलीलाई लिन गइरहेको छ ।’ अर्का फ्यानले कमेन्ट गरेका छन्, ‘यिनीहरूले त सारा स्टेरियोटाइप्स तोडिदिए ।’ ‘मिष्टर पर्फेक्शनिस्टको छोरी भएकोले केही फरक र अनौठो गर्छे भन्ने त हामीलाई थाहा थियो । उसको कुरै बेग्लै छ,’ अर्का एक जना फ्यानले कमेन्ट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण