शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल–भारतको सम्बन्धबारे ठोस रुपमा कुराकानी भयो : प्रधानमन्त्री प्रचण्ड

बिहीबार, १९ पुस २०८०, १४ : ४२
बिहीबार, १९ पुस २०८०

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले भारतीय विदेश मन्त्री एस.जयशंकरलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् । मन्त्री जयशंकरसँग सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भेटघाट गरेलगत्तै सामाजिक सञ्जालमार्फत उनले सो कुराको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाल–भारत बीचको सम्बन्धका बारेमा ठोस रुपमा विचार अदान प्रदान भएको समेच बताएका छन् । ‘नेपाल र भारतबिच सदियौंदेखि अनुपम र बहुआयामिक सम्बन्ध रहेको र ती सम्बन्धहरुको बारेमा ठोस रुपमा कुराकानी भएको छ’ प्रधानमन्त्रले भनेका छन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान काठमाडौँ आइपुगेका मन्त्री जयशंकर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरी प्रधानमन्त्री प्रचण्डसँग भेट्न सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए । प्रधानमन्त्री प्रचण्डसँग भेटेलगत्तै विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाट गरेका थिए । अहिले उनी याक एण्ड यति होटलमा आयोजित दुई देशबीचको संयुक्त आयोगको बैठकमा सहभागी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप