नेपाल–भारतको सम्बन्धबारे ठोस रुपमा कुराकानी भयो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले भारतीय विदेश मन्त्री एस.जयशंकरलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् । मन्त्री जयशंकरसँग सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भेटघाट गरेलगत्तै सामाजिक सञ्जालमार्फत उनले सो कुराको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले नेपाल–भारत बीचको सम्बन्धका बारेमा ठोस रुपमा विचार अदान प्रदान भएको समेच बताएका छन् । ‘नेपाल र भारतबिच सदियौंदेखि अनुपम र बहुआयामिक सम्बन्ध रहेको र ती सम्बन्धहरुको बारेमा ठोस रुपमा कुराकानी भएको छ’ प्रधानमन्त्रले भनेका छन् ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान काठमाडौँ आइपुगेका मन्त्री जयशंकर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरी प्रधानमन्त्री प्रचण्डसँग भेट्न सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए । प्रधानमन्त्री प्रचण्डसँग भेटेलगत्तै विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाट गरेका थिए । अहिले उनी याक एण्ड यति होटलमा आयोजित दुई देशबीचको संयुक्त आयोगको बैठकमा सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण