फेक रेस्क्यूको खतरा देखियो, बेलैमा रोकौं : सीईओ रेग्मी
काठमाडौँ । पर्यटन जगतमा पुनः फेक रेस्क्यूको घटना दोहोरिन थालेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनन्जय रेग्मीले बताएका छन् ।
बिहीबार संसदीय समिति अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा उपस्थित सीईओ रेग्मीले नेपाल आएका पर्यटकलाई बिरामी पारेर फेक रेस्क्यू गर्ने गराउने घटना बढेको बताउँदै यसलाई बेलैमा रोक्न नसकिए अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि धुमिल हुने तर्फ सचेत गराए ।
‘पहिला–पहिला फेक रेस्क्यूको नाममा धेरै यस्ता धेरै पर्यटकहरु ठगिन्थ्ये । बिचमा यो घटना नियन्त्रणमा आएको थियो । तर, फेरि यस्तो गलत गतिविधि सुरु भएको भन्ने गुनासा उजुरीहरु आइरहेका छन्,’ रेग्मीले भने, ‘यस्तो गलत गतिविधि बेलैमा रोक्न सकिएन भने बर्बाद हुन्छ । अन्तर्राष्ट्रिय बजारमा हामी बदनाम हुन्छौँ ।’
रेस्क्यूको नाममा ट्राभल कम्पनी, होटल, हेली कम्पनीहरुको मिलेमतो हिमाली क्षेत्र, ट्रेकिङमा जाने पर्यटकलाई खानामा विकार मिसाएर खुवाउने र रेस्क्यू गर्ने गरेको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण