हुलाकमार्फत मन्त्री किरातीविरुद्ध जाहेरी
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी निवेदन परेको छ । बिहीबार मन्त्री किरातीविरुद्ध ध्रुवराज लुईटेलले हुलाकमार्फत जाहेरी दिएका हुन् ।
मन्त्री किरातीले धार्मिक भावनामा आँच पुर्याएको भन्दै उनले जाहेरी दिएका छन् । मन्त्री किरातीले पुस ४ गते क्रिश्चियन मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो संविधान मान्दिन भन्ने देशद्रोही हुन् भन्दै देशद्रोहीलाई हतकडी लगाएर जेल हाल्नुपर्ने आशयको अभिव्यक्ति दिएका थिए ।
मन्त्री किरातीले जात जाति सम्प्रदाय र वर्गको धार्मिक भावनामा आघात पुर्याएर क्रिश्चियन धर्मको प्रचार गरेको जाहेरीमा उल्लेख गरिएको छ । यस्तै मन्त्री किरातीले क्रिश्चियन धर्मको प्रचारक जस्तो बनी अन्य धर्मप्रति हेय तथा भेदभाव पुर्याएकाले उनलाई पक्राउ गरी ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गराउन माग गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण