‘भ्रष्टाचारको धमिराले लोकतन्त्र खाइसक्यो’
पर्सा । एनसेल खरिद बिक्रीमा भ्रष्टाचार भएको भन्दै मानवअधिकार तथा शान्ति समाजले वीरगन्जमा प्रदर्शन गरेको छ । शुक्रवार समाजको २६ औँ राष्ट्रिय परिषद् बैठकअघि समाजले विभिन्न भ्रष्टाचार काण्डविरुद्ध प्रदर्शन गरेको हो ।
समाजले एनसेल खरिद विक्रीबारे विश्वसनीय न्यायिक छानबिन आयोग गठन हुनुपर्ने र घोटालामा संलग्न प्रधानमन्त्री एवं पूर्व प्रधानमन्त्रीहरूलाई समेत कारबाही गर्न माग गरेको छ ।
प्रदर्शनमा सहभागीहरूले एनसेल महाघोटालाः राज्य विरुद्ध अपराध हो, देशलाई झन्डै तीन खरब रुपैयाँ हानी पुर्याउने चलखेल राज्यविरुद्ध अपराध हो, सुन काण्डको मूल नाइकेलाई कारबाही खोइ ?, नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही खोइ ?, अदालतको आदेश बमोजिम बालुवाटार जग्गा घोटालामा पूर्व प्रधानमन्त्री माधव नेपालमाथि छानबिन खोइ ?, भ्रष्टाचारका काण्डै काण्ड: एनसेल घोटाला महाकाण्ड, सर्वदलीय भ्रष्टाचारको अर्को उदाहरण: टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचार, भ्रष्टाचारी नेता चाहिँदैन: राज्यको सम्पत्ति निल्न पाइँदैन, भ्रष्टाचारको धमिराले लोकतन्त्र खाइसक्यो लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, संस्थापक सदस्य कृष्ण कँडेल, पूर्व सभापतिहरू होमकान्त चौलागाईलगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण