बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सचिवालय बैठक

राष्ट्रियसभा उम्मेदवार छान्न एमाले सचिवालय बैठक सुरु

शुक्रबार, २० पुस २०८०, १४ : ३५
शुक्रबार, २० पुस २०८०

काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघि सुरु भएको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

यसअघि एमालेले सबै प्रदेशलाई उम्मेदवार सिफारिस गरेर पठाउन भनेको थियो । केन्द्रको निर्देशनअनुसार प्रदेशले सिफारिस गरेर पठाएका नामहरुबारे छलफल गरेर एमालेले उम्मेदवार बनाउने जनाएको छ । एमालेले सत्ता गठबन्धनसँग पनि राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्नेगरी छलफल गरिरहेको छ ।

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यमध्ये फागुन २० मा २० जनाको पदावधि सकिनेभएपछि निर्वाचन हुन लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप