सचिवालय बैठक
राष्ट्रियसभा उम्मेदवार छान्न एमाले सचिवालय बैठक सुरु
शुक्रबार, २० पुस २०८०, १४ : ३५
काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघि सुरु भएको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
यसअघि एमालेले सबै प्रदेशलाई उम्मेदवार सिफारिस गरेर पठाउन भनेको थियो । केन्द्रको निर्देशनअनुसार प्रदेशले सिफारिस गरेर पठाएका नामहरुबारे छलफल गरेर एमालेले उम्मेदवार बनाउने जनाएको छ । एमालेले सत्ता गठबन्धनसँग पनि राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्नेगरी छलफल गरिरहेको छ ।
माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यमध्ये फागुन २० मा २० जनाको पदावधि सकिनेभएपछि निर्वाचन हुन लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुजालाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट किन पछि हट्यो आयोग ?
-
जर्मनीको प्रशिक्षकत्व सम्हाल्न क्लोप सहमत, नागेल्समानको स्थान लिने
-
१० बजे १० समाचार : आत्मदाहको प्रयास गरेका राउतको निधन, होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली
-
विश्वकप क्वार्टरफाइनल : मेस्सीले फेरि देखाउलान् जादु ?
-
बझाङ जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, १३ जना घाइते
-
जेनजी अभियन्तामाथि भएको कुटपिट र धरपकडप्रति प्रलोपाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण