त्रिविको उपकुलपतिका लागि तोकिएको मापदण्डप्रति अनेरास्ववियुकाे आपत्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिका लागि तोकिएको मापदण्डप्रती अनेरास्ववियुले आपत्ति जनाएको छ ।
आफूहरूले बाेर्ड अफ ट्रष्टिजमार्फत अघि बढ्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका बेला उपकुलपति नियुक्तिका लागि आएको मापदण्डप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अनेरास्ववियु अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै वर्तमान शासकीय स्वरुप अनुरप प्रधानमन्त्री कुलपति र शिक्षा मन्त्री सहकुलपति हुने प्रणाली अन्त्य गर्नुपर्ने बताए । त्यस्तो नगर्दासम्म त्रिविमा राजनीतिक भागबण्डा अन्त्य नहुने र त्यसको विकल्पको रुपमा प्राज्ञिक स्वायत्तता कायम गर्न स्वतन्त्र, निष्पक्ष निकायको रुपमा “बोर्ड अफ ट्रस्टी” गठन गरेर सोही मार्फत खुला प्रतिस्पर्धाबाट प्राज्ञिक व्यक्तिहरुलाई कुलपति लगायत पदाधिकारी नियुक्त गर्नुपर्ने माग अनेरास्ववियु रहेको बताए ।
प्रकाशित सूचनाको बुँदा नं.(ङ) को विश्वविद्यालयको पदाधिकारी मध्ये कुनै एक पदमा ३ वर्ष काम गरेकोले आवेदन दिन पाउने भन्ने प्रावधानले योग्य व्यक्तिहरुलाई खुला प्रतिस्पर्धाबाट वञ्चित गराउने र पुनः विश्वविद्यालयमा राजनीतिक स्वार्थ हाबी हुन दिने वर्तमान गठबन्धन सरकारको मनसाय रहेको अनेरास्ववियु ठहर छ । उक्त घटनाक्रमले प्रधानमन्त्रीको त्रिभुवन विश्वविद्यालय सुधार गर्ने भन्ने अभिव्यक्ति जनताको आँखामा छारो हाल्ने काम मात्र भएको अनेरास्ववियु भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनको प्रभाव : बाढी-पहिरोको कारण अवरुद्ध छन् यी राजमार्ग
-
शिव परियारको नयाँ गीत ‘अजम्बरी माया’ सार्वजनिक
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
कांग्रेस लुम्बिनी प्रदेश सभापतिद्वारा बजेटको विरोध, अनधिकृत स्थलमा बजेट बनाएको आरोप
-
सात हलमा ‘अञ्जिला’ले मनायो सय दिन
-
प्रधानमन्त्री ओलीले सम्झिए दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्दाका क्षण