बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

अदालतको अवहेलना मुद्दामा प्रचण्डले पाए सफाइ

शुक्रबार, २० पुस २०८०, १५ : ५२
शुक्रबार, २० पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सफाइ पाएका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ मा दर्ता गरेको उक्त मुद्दाको आज सुनाएको निर्णयमा प्रधानमन्त्रीले सफाइ पाएका हुन् ।

सो मुद्दा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको थियो । द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर प्रचण्डले टिप्पणी गरेको जिकिरसहित त्रिपाठीले अवहेलना मुद्दा दायर गरेका थिए । तर सर्वोच्चले निवेदकले भनेजस्तो अवहेलनामा मुद्दामा माग दाबी नपुग्ने जनाएको छ । 

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले सो मुद्दामा माग दाबी नपुगेकाले सफाइ दिने फैसला भएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप