फोटोमार्फत थाहा चिनाउँदै थाहा नगरपालिका (तस्बिरहरू)
हेटौँडा । मकवानपुरको थाहा नगरपालिकाले फोटोमार्फत पर्यटकीय गन्तव्यहरू देखाउने प्रयत्न थालेको छ । फोटोको माध्यमबाट चिनारी गराई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप हेटौँडामा शुक्रवारबाट थाहा फोटो प्रदर्शनी सुरु भएको छ ।
शुक्रवार र शनिवार सञ्चालन हुने थाहा फोटो प्रदर्शनीमा ५ हजार जनाले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । हेटौँडा–१० बुद्ध चोकमा मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाका पर्यटकीय क्षेत्रका चित्रहरू समावेश गरिएको छ ।
_yFE7U7aib1.jpg)
थाहा नगरको पर्यटन विकासलाई टेवा पुगेको र देशको सङ्घीय राजधानीको मुटुमा आफ्नो गाउँ ठाउँ चिनाउने प्रयत्नका साथ कार्यक्रम आयोजना गरिएको स्थानीय फोटोग्राफर गणेश विष्टले जानकारी दिए । प्रदर्शनीमा ९ जना फोटोग्राफरले खिचेका थाहाका कला संस्कृति र प्राकृतिक दृश्य समेटिएको ६० वटा फोटोहरू राखिएको उनले बताए ।
_7vWJnCYJeL.jpg)
२ दिनसम्म चल्ने उक्त फोटो प्रदर्शनीमा जिल्लाका प्राकृतिक सुन्दरता, हिमशृङ्खलाको दृश्यावलोकन, ऐतिहासिक मठ मन्दिर, पार्टी पैावा, सभ्यता, संस्कृति धार्मिक क्षेत्र ,मेला जात्रा, ग्रामीण जीवनशैली, स्वच्छ र सफा वातावरण लगायत विभिन्न विधामा आधारित फोटोहरू राखिएको उनको भनाई छ । थाहा पर्यटनको लागि प्रचुर सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेको अवस्थामा जिल्लाको पर्यटन प्रवर्द्धनका लागि तस्बिरहरूमार्फत पर्यटकहरूलाई देखाउने प्रयास गरिएको उनले बताए ।
_ZSxzxXZvp8.jpg)
_GtaWLKoeUr.jpg)
_Wt2rSRsg4A.jpg)
_EBGFc1XX8X.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण