समाचार
बरहथवामा मृत्यु भएका प्रदर्शनकारीको सनाखत
शुक्रबार, २० पुस २०८०, १८ : २६

काठमाडौँ । सर्लाहीको बरहथवामा मृत्यु भएका प्रदर्शनकारीका सनाखत भएको छ । मृत्यु हुनेमा बरहथवा नगरपालिका–६ घर भएका जयशंकर शाह छन् ।
शाहको गोली लागेर मृत्यु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले रातोपाटीलाई बताए ।
नगर अस्पताललाई स्तरोन्नति गरेर प्रादेशिक अस्पताल बनाएर हस्तान्तरण गर्ने विषयमा झडप हुँदा शाहले ज्यान गुमाएका हुन् । प्रदर्शनकारीले मेयर कल्पना कुमारीको घर सँगैको जस्ताको टहरो र गाडी जलाएका छन् । आन्दोलनकारीले प्रहरीको गाडी पनि तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको सर्लाहीका एसपी प्रवीण धितालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोटाफोगोसँग पेरिस सेन्ट जर्मेन स्तब्ध
-
सुदूरपश्चिमका कुन–कुन ठाउँमा वर्षा भइरहेको छ ?
-
कैलालीमा १६ दिनकी सुत्केरी घर नजिकैको नालामा मृत फेला
-
स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव
-
बालेनको चाहना : ‘गुरागाईँ बैठकमा नआइदिएहुन्थ्यो’
-
कैलालीको कोटाखोलामा आएको बाढीले ३४ वटा बाख्रा बगायो