स्पर्स एफए कपको चौथो चरणमा
शनिबार, २१ पुस २०८०, ०६ : ३७

लण्डन । बर्नलीलाई हराउँदै टोटनह्याम एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । खेलमा पेड्रो पोरोले गरेको एक मात्र गोल निर्णायक बन्यो ।
एसियन कप खेल्न आफ्नो देश फर्किएका कप्तान सन ह्युङ मिनबिना मैदानमा उत्रेको स्पर्सले गोलका लागि थुप्रै अवसर गुमाएको थियो । ७८ औँ मिनेटमा पोरोले गोल गर्दै टोलीलाई जीत दिलाए ।
उनले २५ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । स्पोर्टिङ लिसबनबाट स्पर्स आए यता उनको यो पहिलो गोल थियो । अब प्रतियोगिताको चौथो चरणका लागि ड्र सोमबार जनवरी ८ मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँको मुद्दामा आदेश आउँदै
-
विमानमा सवार २४२ जनामध्ये एक जनामात्रै बाँचे
-
‘न्यायकर्तामाथि भौतिक हमला गर्नु आपराधिक कार्य हो, सहन सकिँदैन’
-
३ सय विकेट लिने आठौँ अस्ट्रेलियन बने कमिन्स
-
ओलीप्रति व्यङ्ग्य गरेपछि विशाल भण्डारीलाई प्रधानमन्त्री कार्यालयले बोलायो
-
मेहदी हसन बने बंगलादेशको एकदिवसीय टोलीको कप्तान