स्पर्स एफए कपको चौथो चरणमा
शनिबार, २१ पुस २०८०, ०६ : ३७
लण्डन । बर्नलीलाई हराउँदै टोटनह्याम एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । खेलमा पेड्रो पोरोले गरेको एक मात्र गोल निर्णायक बन्यो ।
एसियन कप खेल्न आफ्नो देश फर्किएका कप्तान सन ह्युङ मिनबिना मैदानमा उत्रेको स्पर्सले गोलका लागि थुप्रै अवसर गुमाएको थियो । ७८ औँ मिनेटमा पोरोले गोल गर्दै टोलीलाई जीत दिलाए ।
उनले २५ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । स्पोर्टिङ लिसबनबाट स्पर्स आए यता उनको यो पहिलो गोल थियो । अब प्रतियोगिताको चौथो चरणका लागि ड्र सोमबार जनवरी ८ मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण