कविता
विदेशी भएछ माया
शनिबार, २१ पुस २०८०, १२ : ००
आमा बिरामी भएको
खबरसँगै हतारिई
नेपाल आउँछ छोरो
ठुलै गुण लाएसरी
ममताको भजन गाउँछ छोरो ।
उसको लवाइसँगै
बोलाइ पनि विदेशी भएछ
विदेशी सिगरेटको धुवाँसँगै
रवाफिलो माया दर्साउँछ छोरो
सानो छँदा उनै आमाले
सिगरेट खानुहुन्न भनी सिकाएको छोरो
आज आमाकै अगाडि गर्व
गर्दै विदेशी सिगरेटको धुवाँ उडाउँछ छोरो ।
आमा पनि छोरोको
आनीबानी हेर्दै
ती चाउरिएका अनुहारमा मुस्कान
छर्दै छोरो त ठुलो पो भएछ भनी
फरियाको छेउले आँशु पुस्दै
आफैँलाई सम्झाउँछिन् ।
आमाको आँसु पुछ्न
मातृभूमि छिरेको छोरो
उनै आमालाई आँसुको
सागरमा डुबाई
ममताको गीत गाउँछ छोरो ।
नेपाल आएको खुसी
साट्न साथीलाई पार्टी
दिन्छ छोरो
तर घरमा आमाले के आए
सोध्नसम्म भ्याउँदैन छोरो
ती बुढी आमा पिँढीको
डिलमा बसी बिस्तारै
सुस्ताउँछिन्
छोराको माया पनि
विदेशी पो भएछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण