विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । बर्दिया, दाङ र रुपन्देहीमा भएको सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो बर्दियाको राजापुर नगरपालिका–१० खैरीचन्दनपुरस्थित सडकमा गुलरियाबाट राजापुरतर्फ जाँदै गरेको भे.१ ज १३३७ नम्बरको ईलेक्ट्रिक भ्यानको ठक्करबाट साइकलयात्री मधुवन नगरपालिका–३ बस्ने ५४ वर्षीय नोखे दमाइको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै दाङको बबई गाउँपालिका–७ चरकमटियास्थित सडकमा पन्चकुलेबाट चरकमटियातर्फ जाँदै गरेको रा.७ प ९८८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीया रामकुमारी रावतको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगञ्ज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता,रूपन्देहीको सैनामैना नगरपालिका–३ झारबैरास्थित सडकमा लु.१ च ६४९७ नम्बरको भ्यानले लु.१७ प २५६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका–१ सिसै बस्ने २० वर्षीय सुनिल मल्लाहा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै शनिवार बिहान महोत्तरीको बर्दिबास नगरपालिका–१४ बर्दिबास चोकमा ज.१ क ४७४ नम्बरको बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१० खयरमारा बस्ने ७० वर्षीय राम बहादुर राउत रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बर्दिबासस्थित शुभ–स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण