विपिन जोशी सम्पर्कविहीन भएको तीन महिना पूरा
काठमाडौँ । कञ्चनपुरका विपिन जोशी सम्पर्कविहीन बनेको तीन महिना पूरा भएको छ । आजभन्दा तीन महिना अगाडि अर्न एन्ड लर्न कार्यक्रमका इजरायल पुगेका जोशी सम्पर्कविहीन बनेका थिए ।
७ अक्टोबर २०२३ मा इजरायल गाजासीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परी ४ जना घाइते भएका थिए । भने जोशीलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो । उनको अवस्था अझै अज्ञात छ ।
उनको रिहाइका लागि नेपाल सरकारले इजरायलसँगै कतार र इजिप्टसँग समेत कूटनीतिक पहल गर्दै आएको छ । तर, उनको रिहाइ हुन सकेको छैन । परराष्ट्र मन्त्री एनपी साउद आफैँ उनको रिहाइका लागि पहल गर्न कतार पुगेका थिए । कतार पुगेर त्यहाँका राजा तथा प्रधानमन्त्रीसँग जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका थिए । तर, सरकारले गरेको पहलहरूले सार्थकता पाउन सकेको छैन । नेपालले उनको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायसँग गुहार माग्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण