खतिवडा र रानाभाट मङ्सिर महिनाका उत्कृष्ट ट्राफिक प्रहरी
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले उत्कृष्ट काम गरेबापत २ जना प्रहरीलाई सम्मान गरेको छ । ट्राफिक प्रहरी कार्यालयले मङ्सिर महिनामा उत्कृष्ट जिम्मेवारी बहन गरेको भन्दै प्रहरी नायव निरीक्षक जीवनाथ खतिवडा र प्रहरी वरिष्ठ हवल्दार रामबहादुर रानाभाटलाई सम्मान गरेको हो ।
साे कार्यालयले काठमाडौँ उपत्यकामा हुने भीभीआईपी र भीआईपीको सवारी लगायत उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, सरल र सुरक्षित बनाउन अहम भूमिका निर्वाह गरेबापत खतिवडा र रानाभाटलाई ‘मङ्सिर महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरिएको जानकारी दिएको छ ।
उनीहरुले विभिन्न आपराधिक क्रियाकलाप तथा सवारी दुर्घटना गरी फरार सवारी साधनहरूलाई खोजतलास गरी कारबाहीको दायरामा ल्याउने, सवारी दुर्घटना न्यूनीकरण तथा नियन्त्रण, परिणाममुखी प्रहरी सेवा प्रदान, ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गराउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र दिएको जिम्मेवारी अनुशासित भई त्रुटिरहित ढङ्गबाट पारदर्शी रूपमा सम्पादन गरेको ट्राफिक कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण