बरहथवामा आन्दोलनरत पक्ष र सरकारबिच ११ बुँदे सहमति
सर्लाही । सर्लाहीको बरहथवामा आन्दोलनरत पक्ष र स्थानीय प्रशासनको बिचमा ११ बुँदे सहमति भएको छ । आन्दोलनरत पक्षसँग ११ बुँदे सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले रातोपाटीलाई बताए ।
नगर अस्पताललाई स्तरोन्नति गरेर प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद हुँदा पुस २० मा प्रहरीले चलाएको गोली लागेर जयशंकार शाहको मृत्यु भएको थियो । स्थानीय प्रशासनसँगको वार्तापछि आन्दोलनरत पक्ष मृतकको शव पोस्टमार्टम गर्न सहमत भएका छन् । मृतक परिवारका एक जनालाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउन दुवै पक्ष सहमत भएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरेर कानुन बमोजिम प्रक्रिया पुरा गरी नगर अस्पताल मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने सहमति भएको छ । अस्पताल सञ्चालन गर्न नगर प्रमुख र मधेस सरकारका स्वास्थ्यमन्त्रीले छलफल गरेर टुङ्ग्याउन दुवै पक्ष सहमत भएका छन् ।
मृतकको नामबाट प्रादेशिक अस्पताल बरहथवाको नामकरण गर्ने र घटनास्थलमा गोली प्रहार गर्ने प्रहरी कर्मचारीमाथि छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ । सहमति सँगै पाँच दलीय गठबन्धनले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । कांग्रेस, जसपा, लोपसा र जनमत पार्टी सहित ५ दल आन्दोलनमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
विश्वकप अन्तिम १६ : ऐतिहासिक रंगशालामा मेक्सिको र इंग्ल्याण्डबिच महाभिडन्त
-
छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका
-
बागरमा खानेपानीको समस्या
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण