अफगानिस्तानविरुद्ध रोहितको कप्तानीमा भारतीय टोलीको घोषणा
काठमाडौँ । अफगानिस्तानविरुद्धको ३ खेलको टी–२० सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ । टोलीको कप्तान रोहित शर्मा हुनेछन् । उनले पछिल्लो टी–२० विश्वकपपछि पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल्नेछन् ।
रोहितबाहेक विराट कोहली र शुभमन गिल पनि फर्किएका छन् भने केएल राहुल, श्रेयस अय्यर, रविन्द्र जडेजालाई टिममा स्थान दिइएको छैन । सूर्यकुमार यादव, हार्दिक पाण्ड्या र रुतुराज गायकवाड चोटका कारण बाहिरिएका छन् ।
जनवरी ११ बाट सुरु हुने यो सिरिज टी-२० विश्वकपको तयारीका लागि महत्त्वपूर्ण छ । जुनमा हुने टी–२० विश्वकप अघि भारतीय टोलीको यो अन्तिम द्विपक्षीय शृङ्खला हो।
रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा, सञ्जु सैमसन, शिवम दुबे, वाशिंगटन सुन्दर, अक्षर पटेल, रवि बिश्नोई, कुलदीप यादव, अर्शदीप सिंह, आवेश खान र मुकेश कुमार ..
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण