वडा सदस्यबाट फट्को मार्दै राष्ट्रियसभा उम्मेदवार बनेकी ‘आशा’
विराटनगर । २६ वर्ष अगाडि वडा सदस्यमा निर्वाचित भएकी चम्पादेवी कार्की अर्थात् आशा राष्ट्रियसभा सदस्य पदको उम्मेदवार बनेकी छन् । यो २६ वर्षमा उनले अनेक राजनीतिक उतारचढाव, संघर्ष, दुःख र कष्ट बेहोरेकी छन् ।
कार्की ओखलढुंगाको साबिक मुलखर्क गाविस वडा नम्बर ६ बाट २०५४ सालमा एमालेका तर्फबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् । त्यसयता उनी माओवादी जनयुद्धमा होमिइन् । जनयुद्धकै क्रममा उनको दाहिने हात गुम्यो । शान्ति प्रक्रियापछि भएका तीन निर्वाचनमा उनी समानुपातिकको बन्दसूचीमा रहिन् । तर उनी बन्द सूचीमै सीमित भइन् । पालिकाको अध्यक्षमा प्रतिस्पर्धा गरे पनि उनले सफलता प्राप्त गर्न सकिनन् । अहिले भने उनी गठबन्धनको तर्फबाट राष्ट्रियसभाको उम्मेदवार बनेकी छन् ।
प्रदेशको अङ्कगणित हेर्ने हो भने उनलाई राष्ट्रिय सभामा जित निकाल्न सहज छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं ओखलढुंगा जिल्ला इञ्चार्ज रहेकी कार्कीले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशीको महिला कोटामा उम्मेदवारी दिएकी हुन् ।
२०५७ को वैशाखमा छापामारका रूपमा ‘होलटाइमर’ बनेर जनयुद्धमा होमिएकी उनी २०५८ सालमा रामेछापको धोवीचौकी मोर्चामा घाइते भएकी हुन् । त्यही लडाइँमा आफ्नो हात गुमेको उनले सुनाइन् ।
कुनै पद र सत्ताका लागि नभएर मुक्ति र स्वतन्त्रताका लागि आफूले राजनीतिक जीवन थालेको कार्की बताउँछिन् । हाल ओखलढुंगाको सुनकोशी–५ की बासिन्दा कार्कीका श्रीमान् खड्ग योगी पनि माओवादीको सक्रिय राजनीतिमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण