सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राति अबेर निर्णय भयो, कसरी भयो थाहा छैन : नेता सिटौला

सोमबार, २३ पुस २०८०, १६ : २२
सोमबार, २३ पुस २०८०

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा उम्मेदवार छनोट प्रक्रियामा भएका कमजोरीलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताउन लाग्नुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशमा मनोनयन दर्ता गर्दै सिटौलाले काँग्रेसले राष्ट्रिय सभा उम्मेदवार छनोट गरेको बारेमा आफूलाई पूरा जानकारी नरहेको र अब सबै एकजुट भएर गठबन्धन उम्मेदवार जिताउन लाग्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘राति अबेर निर्णय भयो कसरी भयो थाहा छैन, मैले सही कुरा बुझ्न पाएको छैन । आजको दिनमा गठबन्धनबाट नेपाली का‌ंग्रेसहित गठबन्धनका साथीहरुले एकजुट भइ उम्मेदवारी दर्ता गराएका छौँ । हामी गठबन्धन एक भएर निर्वाचनमा लड्छौँ । उम्मेदवार छनोट गर्दा निर्णय प्रक्रियामा जे जति भएका छन्, त्यसलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताउन लाग्नेछौँ ।’ सिटौलाको प्रस्तावका प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप