चिसोका कारण कलैया र जीतपुर सिमरा उपमहानगर भित्रका विद्यालय बन्द
बारा । चिसो बढेपछि जीतपुरसिमरा र कलैया उपमहानगरले आजदेखि ३ दिनका लागि विद्यालय पठन पाठन बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरहरूले नगरप्रमुख स्तरीय निर्णय गरेर ३ दिनका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।
चिसो बढेका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै शिक्षक र अभिभावकहरूबाट गुनासो आएपछि उपमहानगरले पठन पाठन बन्द गर्ने निर्णय गरेको जीतपुर सिमरा उपमहानगर शिक्षा शाखाले जनाएको छ ।
यता कलैया उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले चिसोको कारण विद्यार्थीको स्वास्थ्यलाई ख्याल राखेर विद्यालय बन्द गर्ने निर्णय गरिएको बताएका छन् । कलैया उपमहानगरमा ७१ वटा सामुदायिक र ६५ वटा संस्थागत विद्यालयहरू रहेका छन् भने जीतपुर सिमरामा ६१ वटा सामुदायिक र५१ वटा संस्थागत (निजी विद्यालय रहेका छन् ।
‘लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भयो भनेर शिक्षकहरूबाटै गुनासो आएकोले ३ दिनको लागि नगरपालिका विद्यालय बन्द गर्ने निर्णय गरेको हो’ जीतपुर सिमरा शिक्षा शाखा प्रमुख हरिष भट्टले जनाएका छन् । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले सार्वजनिक सूचना प्रकाशित गरेर बिदा बारे जानकारी गराएका हुन् ।
आजदेखि बन्द भएका विद्यालयहरू बिचमा सार्वजनिक बिदा भएकोले माघ २ गतेबाट मात्रै खुल्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम उमेरमै कपाल फुलेर हैरान हुनुहुन्छ ? जान्नुहोस् कारण र रोकथामका उपाय
-
गुआम पुग्यो सुपर टाइफुन ‘बाभी’ : २५० किलोमिटरभन्दा बढीको गतिको आँधी र वर्षा सुरु
-
वर्षायाममा बालबालिकालाई बिरामी हुनबाट कसरी जोगाउने ? ७ महत्त्वपूर्ण टिप्स
-
अमेरिकी युट्युबरको महँगो उपहार मेक्सिकोका खेलाडीले किन फिर्ता गर्नुपर्यो ?
-
नाओमी ओसाकाद्वारा विश्व नम्बर एक सबालेन्का पराजित
-
विश्वकपबाट बाहिरिएसँगै कार्लोसले दिए घानाको मुख्य प्रशिक्षक पदबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण