नाओमी ओसाकाद्वारा विश्व नम्बर एक सबालेन्का पराजित
लण्डन । नाओमी ओसाकाले उत्कृष्ट प्रदर्शन गर्दै विश्व नम्बर एक एरिना सबालेन्कालाई पराजित गरेकी छन्। यो जितसँगै जापानी खेलाडी ओसाका पहिलोपटक विम्बलडन टेनिसको क्वार्टरफाइनलमा पुग्न सफल भएकी हुन्।
सेन्टर कोर्टमा भएको खेलमा चार पटकको ग्रान्ड स्लाम विजेता ओसाकाले आफ्नै जति ग्रान्ड स्लाम जितेकी सबालेन्कालाई सर्भिस, सट र रणनीतिमा माथ दिँदै ६-२, ७-६ (७-२) को सोझो सेटमा हराइन्। सबालेन्काका लागि सन् २०२२ को फ्रेन्च ओपनपछि यो कुनै पनि ग्रान्ड स्लामको सबैभन्दा चाँडो बहिर्गमन हो। विगत १२२ खेलमा उनी पहिलोपटक सोझो सेटमा पराजित भएकी हुन्।
गत महिना मात्र पहिलोपटक फ्रेन्च ओपनको दोस्रो हप्तामा पुगेकी ओसाकाको विम्बलडनको अन्तिम आठमा यो पहिलो प्रवेश हो। जितपछि ओसाकाले भनिन्, ‘मैले कोर्टमा यति धेरै रमाइलो गरेको लामो समय भएको थियो। यहाँ आएर यस्तो प्रदर्शन गर्न पाउनु मेरा लागि धेरै ठुलो कुरा हो।’
पछिल्लो तीन महिनामा यी दुई खेलाडीबिच भएको यो चौथो भेट हो। यसअघिका तीनवटै खेल सबालेन्काले जितेकी थिइन्। यसपटक भने ओसाका खेलभरि हाबी भइन्। यो हारसँगै वर्षको पहिलो ग्रान्ड स्लाम जित्ने सबालेन्काको खोजी अझै लम्बिएको छ।
ओसाकाले अब सेमिफाइनल प्रवेशका लागि चेक गणतन्त्रकी १० औँ वरीयताकी कारोेलिना मुचोभाको सामना गर्नेछिन्। मुचोभाले सन् २०२४ की विजेता बारबोरा क्रेज्सीकोभालाई पराजित गरेकी छन्। यस जितसँगै विम्बलडनले लगातार १० औँ पटक नयाँ महिला सिंगल्स च्याम्पियन पाउने निश्चित भएको छ।
अर्को खेलमा कोको गफले बेलिन्डा बेन्सिचलाई ४-६, ६-३, ६-४ ले पराजित गरेकी छन्। विम्बलडनको रात्रिकालीन समय सीमा समाप्त हुन दुई मिनेट मात्र बाँकी छँदा अमेरिकी खेलाडी गफले जित निकाल्दै चौथो वरीयताकी जेसिका पेगुलासँगको भेट पक्का गरेकी छन्। गफसँग प्रायः डबल्स खेल्ने पेगुलाले आफ्नै देशकी इभा जोभिकलाई ४-६, ६-३, ६-१ ले हराउँदै अघिल्लो चरणको यात्रा तय गरेकी हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युट्युब हेरेरै सुलोचना बनिन् व्यावसायिक कागती कृषक
-
धनगढीमा भारतीय गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु
-
हरेक झगडाले टुट्दैन सम्बन्ध तर यी बानीले सुटुक्क मार्छन् माया
-
राष्ट्रिय सभा बैठक बस्दै : ९ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
-
न्याय परिषद् ऐनमा एक महिना, व्यवहारमा वर्षौँ : कहिले होला सर्वोच्च पूर्ण ?
-
प्रतिनिधि सभा बैठक बस्दै: चार मन्त्रीले विभिन्न विधेयक र प्रस्ताव पेस गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण