लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै तेस्रो दिन पनि मूल्य ओरालो लागेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । हिजो मंगलबार तोलामा २०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार ७०० रुपैयाँले घटेको थियो । आजपनि घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ छ । हिजो मंगगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । महासंघका अनुसार तोलामा ५ रुपैयाँले घटेसँगै आज चाँदी १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा १४ सय १५ रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी हवाई आक्रमणमा दक्षिणी इरानमा ३० भन्दा बढी सर्वसाधारण मारिए
-
करार कर्मचारी हटाउने तयारीको विरोधमा सिंहदरबारमा धर्ना (तस्बिरहरू)
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
अध्यादेशबाट एकमुष्ट पदमुक्त पदाधिकारीमध्ये २० प्रतिशतमा मात्रै नियुक्ति
-
१० दिनभित्र लगातार तेस्रोपटक क्युबाको नेशनल ग्रिड अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण