अन्तिम समयमा काठमाडौँ महानगरको १४ औँ नगरसभा स्थगित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १४ औँ नगरसभा अन्तिम समयमा आएर स्थगित भएको छ । २६ औँ कार्यपालिका बैठकको निर्णय अनुसार आजबाट नगरसभा बैठक सुरु हुने थियो । तर, अन्तिम समयमा आएर स्थगन भएको हो ।
मेयर बालेन शाहका स्वकीय सचिव भुपदेप शाहले अर्को सूचना जारी नभएसम्मका लागि नगरसभा स्थगित भएको बताए । बजेट तर्जुमा समितिबाट नगरसभा बैठकबारे प्रस्ताव आउँछ । समितिबाट बैठकबारे प्रस्ताव सचिवालयमा आएपछि सचिवालयले नगरसभाको मिति तय गर्ने उनको भनाइ छ ।
काठमाडौँ महानगरले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ । आफ्नो छोरीलाई करारमा जागिर खुवाउन लागेको भन्दै मेयर शाहले तीन जना कर्मचारीलाई निलम्बन गरेका हुन् ।
उक्त विषयले यति बेला महानगरमा विवाद चर्किएको छ । मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाएको छ ।
निलम्बनमा परेका तीन कर्मचारीका बारेमा छानबिन गर्न महानगरको योजना आयोगका उपाध्यक्ष सुमनराज भण्डारीको अध्यक्षतामा कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र प्रशासन शाखाका अधिकृत प्रवीण प्याकुरेल सदस्य रहेको समिति बनेको छ ।
कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै मेयर साहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेको थियो । उक्त विषयले विवाद देखिएपछि नगरसभा बैठक स्थगित गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
-
४८ औँ मिनेटमा किलियन एम्बाप्पेको गोल, गोल्डेन बुटको दौडमा मेस्सीलाई उछिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण