राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको संयोजकमा लेखक
बुधबार, २५ पुस २०८०, १७ : ४५
काठमाडौँ । सत्ता पक्षीय गठबन्धनद्वारा गठित राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको संयोजकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक चयन भएका छन् । बुधबार बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।
सात वटै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति–२०८० र सतहत्तर वटै जिल्लामा राष्ट्रिय सभा निर्वाचन जिल्ला समन्वय समिति–२०८० गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनका उम्मेदवारहरूलाई विजय गराउन समिति गठन गरिएको गठबन्धनले जनाएको छ । समितिका सदस्यहरूमा वर्षमान पुन, राजेन्द्रप्रसाद पाण्डे र मनिष सुमन रहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण