कठिन समयमा ए आर रहमानलाई आमाको त्यो सल्लाह
नयाँ दिल्ली । भारतका शीर्ष संगितकारमध्ये एक हुन् ए आर रहमान । अन्तर्राष्ट्रिय स्तरमा पनि यिनले खुबै प्रसिद्धि कमाएका छन् ।
उनको कामलाई विश्वभर मन पराइएको छ । रहमानले हलिउड फिल्ममा समेत संगित दिएका छन् । उनले हालै अक्सफोर्ड युनियन डिबेटिङ्ग सोसाइटीसँग एउटा अन्तरक्रिया गरेका थिए । यसै क्रममा उनले विद्यार्थीहरुसँग सानो हुँदा आत्महत्या गर्ने सोच बारम्बार आफ्नो मस्तिष्कमा आउने गरेको बताए । यस्तो खालको नकारात्मक सोचलाई आफूले कसरी डिल गरे भनेर पनि उनले बताएका थिए ।
उनले भनेका छन्, ‘म जब जवान थिए अनि मेरो मनमा आत्महत्या गर्ने विचार आउँथ्यो मेरी आमा भन्ने गर्थिन् जब तिमी अरुको लागि बाँच्छौँ तब यस्तो सोच आउँदैन ।’ यो आफूलाई आमाले दिएको सबैभन्दा सुन्दर सल्लाहमध्ये एक रहेको उनको भनाइ छ । अरुको लागि मान्छे बाँच्न खोज्दा उ स्वार्थी नहुने र उसको जीवनले पनि एउटा छुट्टै अर्थ पाउने रहमान बताउँछन् । आमाको यो कुरालाई उनले निकै गम्भीरतापूवर्क मनन गरेका थिए ।
‘तिमी कसैको लागि कम्पोज गरिरहेका छौँ, केही लेखिरहेका छौँ, आफैले पैसा तिरेर खान नसक्ने व्यक्तिको लागि खाना किनिरहेका छौँ या कसैलाई हरेर मुस्कुराइरहेका छौँ..... यी चिजले नै हामीलाई चलायमान बनाउँछ । हामीलाई आफ्नो भविष्यबारे निकै थोरै जानकारी हुन्छ । हुन सक्छ तिम्रो लागि केही निकै अनौठा चिजले पो कुरिरहेको पो छ कि । जब मान्छेसँग यी चिज हुन्छन्, अनि साथमा आशा पनि हुन्छ यसले उसलाई अगाडि बढाइरहन्छ । कहिले काहीँ त मलाई लाग्छ कि मैले सबै चिज गरिसके । म सबै कुरा दोहोर्याइरहेको छु । अनि अचानक मलाई महसुस हुन्छ कि तिम्रो लागि एउटा ठूलो भूमिका तर गरिएको छ,’ उनले भने । जीवनमा हरेक मान्छे डार्क फेजबाट गुज्रिने पनि रहमानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण