बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

३४ औँ राष्ट्रिय भलिबलको उपाधि नेपाल पुलिसले जित्यो

बिहीबार, २६ पुस २०८०, १५ : २०
बिहीबार, २६ पुस २०८०

सुर्खेत । वीरेन्द्रनगरको खुल्ला मञ्चमा भएको ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसले पाएको छ ।

बिहीबार भएको खेलमा एपीएफलाई हराउँदै पुलिसले उपाधि जितेको हो ।   

फाइनल खेलमा एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले उपाधि हात पारेको छ ।   

दोस्रो एपीएफ र तेस्रो स्थान गण्डकी प्रदेशले ओगट्न सफल भएका छन् ।  

पुस २० गतेदेखि जारी खेलकुद बिहीबार सम्पन्न भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप