चालू खाता डेढ खर्बले बचतमा, सोधानान्तर बचत २ खर्बमाथि
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु खाता १ खर्ब ४० अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको जनाएको छ । बिहीबार वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय बैंकले चालू खाता झण्डै डेढ खर्बले बचतमा रहेको जनाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा थियो । केन्द्रीय बैंकका अनुसार गत वर्षको सोही अवधिको तुलनामा चालू खाता ९९ अर्ब रुपैयाँले बढेर १ खर्ब ४० अर्ब रुपैयाँ बचतमा आइपुगेको हो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा थियो । जुन, समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा छ । यस्तै, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७।२ प्रतिशतले घटेर २ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ ।
यस्तै, खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९२ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ४७ करोड रुपैयाँ कायम भएको थियो । यस्तै, यस अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख रुपैयाँले धनात्मक थियो ।
चालू वर्षको समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५८ करोडले बचतमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण