बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

डलर भर्सेस रुपैयाँ : एक वर्षमा ३ प्रतिशतले कमजोर बन्यो नेपाली मुद्रा

बिहीबार, २६ पुस २०८०, १८ : ११
बिहीबार, २६ पुस २०८०

काठमाडौँ । पछिल्लो एक वर्षको अवधिमा अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा ३.१४ प्रतिशतले कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्षको मंसिरको तुलनामा यो वर्षको मंसिर मसान्तसम्मको अवधिमा नेपाली रुपैयाँ अत्याधिक मात्रामा अवमूल्यन भएको हो ।

यस्तै, केन्द्रीय बैंकका अनुसार २०८० को तुलनामा समेत मंसिरसम्मको अवधिमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.०१ प्रतिशतले अवमूल्यन भएको छ । यही वर्षको असार मसान्तमा १३१.१७ रुपैयाँ रहेको एक डलरको मूल्य हाल १३१.५१ रुपैयाँ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप