पृथ्वीनारायणका अर्थतन्त्र, परराष्ट्रलगायत नीति अझै सान्दर्भिक : देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथ्वीनारायण शाहले अवलम्बन गरेका अर्थतन्त्र, परराष्ट्रलगायत कतिपय नीतिहरू अझपनि सान्दर्भिक रहेको बताएका छन् ।
शुक्रबार ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले आधुनिक नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरे ।
‘तत्कालीन समयमा छरिएर रहेका स–साना राज्यहरूलाई एकीकरण गरी सबैमा एकता कायम गर्दै आधुनिक नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका शाहले अवलम्बन गर्नु भएका स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायतका कतिपय नीतिहरू आज पनि उत्तिकै सान्दर्भिक रहेका छन्,’ देउवाले भनेका छन् ।
उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले नेपाल र नेपालीको पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन प्रेरणा प्राप्त होस् भन्दै शुभकामना दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण