यसकारण नग्न दृश्यबाट टाढिन्छिन् जुलिया
लसएन्जल्स । अमेरिकी अभिनेत्री जुलिया रोबर्टस हलिउडको चर्चित र लोकप्रिय स्टार हुन् । उनले आफ्नो ३० वर्षे करियरमा ‘रनवे ब्राइड’, ‘प्रिटी वुमन’, ‘नाइटिङ हिल’ र ‘माई बेस्ट फ्रेण्ड्स वेडिङ’ जस्ता कैयौं सम्झनलायक फिल्ममा अभिनय गरेकी छन् ।
हालैमात्र अभिनेत्रीले एक साक्षात्कार कार्यक्रममा आफ्नो करियरमा नग्न दृश्य नगर्ने कारणबारे खुलासा गरेकी छन् । जुलियाले आफूले जानेर बुझेर आफ्नो फिल्ममा कहिल्यै नग्न दृश्य नदिएको बताएकी छन् । ‘यो निर्णय आफ्ना लागि थियो’, उनले भनेकी छन् ।
‘मलाई लाग्छ कि जुन चिज म नगर्न छनोट गर्छु, त्यसले मेरो प्रतिनिधित्व गर्छ । मलाई अर्को व्यक्तिको मनपरेको कुरामा आलोचना गर्नु छैन । तर मेरा लागि फिल्ममा आफ्नो कपडा नखोल्नु या फेरि शारीरिक रूपले कमजोर हुनु एक विकल्प हो । जुन मैले नै छानेको हुँ । वास्तवमा भन्नु पर्दा मैले केही गर्नुको सट्टा केही नगर्ने विकल्प खोजेकी छु’, जुलिया भन्छिन् ।
साक्षात्कारमा जुलियाले आजको विश्वमा युवा अभिनेताका लागि उनको यात्रामा आएका समस्याका बारेमा पनि कुरा गरेकी छन् ।
‘वर्तमान समयमा लोकप्रिय हुनु त्यो समयको तुलनामा धेरै अव्यवस्थित हो, जुन बेला म यो उद्योगमा नयाँ थिएँ । यद्यपि, अहिले प्रसिद्ध हुन धेरै कुरा छन् । यसले अहिले केवल थकाई मात्र दिएको छ । यो मेरो मात्र धारणा पनि हुनसक्छ’, जुलियाले भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण