बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आइतबार, २९ पुस २०८०, १० : ४९
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर कारोबारमा आएको हो ।
महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ थियो । यस्तै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ६५० रुपैयाँ कायम छ ।
सुनको मूल्य बढेसँगै आज चाँदीको मूल्य समेत बढेको छ । तोलामा २० रुपैयाँले बढेसँगै आज चाँदीको कारोबार मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार यसको कारोबार मूल्य १४ सय रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशबाट एकमुष्ट पदमुक्त पदाधिकारीमध्ये २० प्रतिशतमा मात्रै नियुक्ति
-
१० दिनभित्र लगातार तेस्रोपटक क्युबाको नेशनल ग्रिड अवरुद्ध
-
समाचार सार्वजनिक भएपछि काट्न थालियो दशरथ रङ्गशालाको घाँस (तस्बिरहरू)
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण