दुई जना मृत अवस्थामा फेला
आइतबार, २९ पुस २०८०, १२ : ३७
काठमाडौँ । बैतडी, सुर्नया गाउँपालिका–१ र ३ को सिमानामा रहेको सिदुन खोलामा दार्चुला नौगाड गाउँपालिका–४ सिप्टी बस्ने ५७ वर्षीय प्रेम सिंह धामी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
कैलालीको चुरेबाट पुस २४ गते घरतर्फ फर्केका उनी घर नपुगेपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यता खोटाङ, खोटेहाङ गाउँपालिका-७ रातमाटा बस्ने ५७ वर्षीय नर बहादुर भुजेल सोही ठाउँस्थित भिरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । घरबाट शुक्रबार बिहान सोही ठाउँस्थित जङ्गलमा खर काट्न भनी गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण