डिसेम्बरमा भारतको खुद्रा मुद्रास्फीति बढेर ५.६९ प्रतिशत पुग्यो
भारत । भारतको खुद्रा मुद्रास्फीति डिसेम्बर २०२३ मा बढेर ५.६९ प्रतिशत पुगेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ ।
सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार डिसेम्बर २०२३ मा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति ५.६९ प्रतिशत रहेको छ । नोभेम्बर २०२३ मा, सिपिआई ५.५५ प्रतिशत थियो । डिसेम्बरमा खुद्रा मुद्रास्फीतिमा भएको वृद्धि मुख्यतया केही खाद्य वस्तुको मूल्यमा भएको वृद्धिको कारण हो ।
यसैगरी भारतको कारखाना गतिविधि वृद्धि नाभेम्बर २०२३ मा २.४ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार सन् २०२३ नोभेम्बर महिनामा खानी, उत्पादन र विद्युत क्षेत्रको औद्योगिक उत्पादनको सूचकाङ्क क्रमशः १३१.१, १३९.२ र १७६.३ रहेको छ । प्रयोगमा आधारित वर्गीकरण अनुसार, नोभेम्बर २०२३ महिनाको लागि सूचकाङ्कहरू प्राथमिक वस्तुहरूको लागि १४३.८, पूँजीगत वस्तुहरूको लागि ९८.०, मध्यवर्ती वस्तुहरूको लागि १५१.४ र पूर्वाधार÷निर्माण वस्तुहरूको लागि १६४.१ मा रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा गत आर्थिक वर्षमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु
-
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई विश्रामस्थल र शुद्ध खानेपानी आयोजना हस्तान्तरण
-
कृषि उपजको दैनिक थोक मूल्यसम्बन्धी जानकारी दिने मोबाइल एपको सुरुवात
-
जुस खाँदा ग्राहक बिरामी परे, अनुगमन गर्दा पसललाई ५० हजार जरिवाना
-
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन
-
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण