मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

इन्स्पेक्टरको लिखित परीक्षामा ५१ जना उत्तीर्ण (सूचीसहित)

मङ्गलबार, १२ साउन २०८३, १९ : ५४
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • लोक सेवा आयोगले प्रहरी निरीक्षकको लिखित परीक्षामा ५१ जना उत्तीर्ण भएको सूची प्रकाशन गरेको छ ।
  • जेठ २२ देखि २४ सम्म भएको परीक्षामा जनपद समूहतर्फ ५१ जना उत्तीर्ण भएका हुन् ।
  • लिखित परीक्षामा उत्तीर्ण भएकाहरूले अन्तर्वार्तामा सफल भएपछि इन्स्पेक्टरको नियुक्ति पाउनेछन् ।

काठमाडौँ। प्रहरी निरीक्षक(इन्स्पेक्टर)को परीक्षामा ५१ जना उत्तीर्ण भएका छन् । लोक सेवा आयोगले प्रहरी निरीक्षकको लिखित परीक्षामा उत्तीर्ण हुनेहरूको सूची प्रकाशन गरेको छ ।

प्रहरीको जनपद समूहतर्फ जेठ २२ देखि २४ सम्म भएको लिखित परीक्षामा सहभागी परीक्षार्थीहरू मध्येबाट ५१ जना उत्तीर्ण भएका हुन् । 

प्रहरी प्रधान कार्यालयले खुलातर्फ १६ जना, महिला कोटामा २ जना, आदिवासी जनजाति कोटामा ५ जना र दलिततर्फ २ जना माग गरेर विज्ञापन प्रकाशन गरेको थियो । लिखित परीक्षामा उत्तीर्ण भएकाहरूले अन्तर्वार्तामा सफल भएपछि इन्स्पेक्टरको नियुक्ति पाउनेछन्।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप