शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

२ वर्षभित्र २० हजार कर्मचारी निकाल्दै सिटी ग्रुप

आइतबार, २९ पुस २०८०, १५ : ५९
आइतबार, २९ पुस २०८०

वाशिङ्टन डीसी । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक सिटी ग्रुपले हजारौँ कर्मचारीलाई कामबाट निकाल्दैछ । 

बैंकले विश्वभर रहेका आफ्नो कूल कर्मचारीमध्येबाट १० प्रतिशतलाई हटाउने भएको छ । यो योजनामा करिब २० हजार कर्मचारीले जागिर गुमाउने देखिएको छ ।

गएको वर्ष बैंकका हाकिम जेन फ्रेजरले गरेको पुनःसंरचनाको योजनाअन्तर्गत कर्मचारीहरुलाई निकाल्न लागिएको हो । २०२४ बैंकका लागि ‘टर्निङ प्लाइन्ट’ प्रमुख कार्यकारी अधिकारी (सीईओ) फ्रेजरले भनेका थिए । बैंकले सीमापारका केही व्यवसाय बेचिसकेको छ । सन् २०२३ को अन्तिम तीन त्रैमासमा बैंकले १ अर्ब ८० करोड डलरको घाटा बेहोरेको थियो । यो बैंकले कयौं वर्षयता बेहोरेको सबैभन्दा ठूलो घाटा थियो ।

सन् २०२३ को शुरुमा विश्वभर बैंकले २ लाख ४० हजारलाई जागिर दिएको थियो । सन् २०२५ वा २०२६ सम्ममा यो संख्या घटाएर १ लाख ८० हजारमा ल्याइने आशा गरिएको छ ।

बैंकको पुनःसंरचनाका लागि यो वर्ष मात्रै १ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ । तर मध्यकालीन अवधिमा यो पहलबाट बैंकले साढे २ अर्ब डलर बचाउनेछ । सिटी ग्रुप अमेरिकाको पाँच ठूला बैंकहरुमध्ये पर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप