भन्सार छलीका १४ लाखभन्दा बढीको सामानसहित ट्याक्टर नियन्त्रणमा
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न ठाउँबाट १४ लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामानसहित ट्याक्टर पक्राउ गरेको छ ।
बारा प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट बिल भरपाई नभएका तथा भन्सार छलीका सामानसहित एउटा ट्याक्टर पक्राउ गरेको जनाएको हो ।
बाराको निजगढ, मटिअर्वा, कचोर्वा, मुसहर्वा र बेनौलीबाट भन्सार छलीका सामान बरामद गरिएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।
उनका अनुसार प्रहरीले चलाएको विशेष जाँच अन्तर्गत विभिन्न ठाउँबाट कपडा, चिनी, प्याज, मकै, मोविलसहितका चोरी पैठारी गरी ल्याइएका सामान पक्राउ गरिएको हो ।
प्रहरीले बिना बिल नै मकै ल्याउँदै गरेको अवस्थामा ना ४ त १९०६ नम्बरको ट्रयाक्टरसमेत पक्राउ गरेको बताएको छ ।
बरामद भन्सार छलीका सबै सामानसहित ट्याक्टर आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएको बारा प्रहरीले जनायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण