चार्जिङ स्टेशन बनाउन निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छ : मन्त्री बस्नेत
_CPOxGMGQnM.jpg)
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन निर्माणका लागि निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले विद्युतीय सवारी सधानको चार्जिङ स्टेशन निर्माणका लागि निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने बताएका हुन् । उनले नेपाल विद्युत् प्राधिकरणले बनाएको चार्जिङ स्टेशनले मात्रै धान्न नसक्ने भन्दै थप स्टेशन बनाउनका लागि निजी क्षेत्रको सहभागिता आवश्यक पर्ने बताए । उनले चार्जिङ स्टेशन निर्माणमा निजी क्षेत्रहरु आइरहेको भन्दै अझै निजी क्षेत्रलाई भित्र्याउनका लागि सरकारले वातावरण बनाउने बताए ।
मन्त्री बस्नेतले विद्युतीय सवारी साधनको प्रयोगका लागि राज्यले प्रोत्साहन गर्ने बताए । उनले राज्यले सबै कुराको ग्यारेन्टी गरेपछि मात्रै विद्युतीय सवारी साधनको प्रयोगमा जाने भन्नेकुरा गलत भएको भन्दै प्रयोग गर्दै आइपर्ने समस्याहरु समाधान गर्दै जानुपर्ने बताए ।
मन्त्री बस्नेतले विभिन्न प्रकृतिका चार्जिङ स्टेशनहरु आइरहेका भन्दै एउटै प्रकृतिको ल्याउनुपर्छ भन्न सरकारले नसक्ने बताए । जुन कुनै प्रकारको चार्जिङ स्टेशनमा पनि उपभोक्ताले सहज ढंगले चार्जिङ गर्नसक्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौथाइवाले ढुक्क भएर फर्किए स्वदेश, मुख्य चासो भारतको सुरक्षा
-
व्यवस्था बदलियो, अवस्था बदलिएन : उपेन्द्र यादव
-
महिला फुटबल टिमले महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ : मेयर लामा
-
सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक, त्यही अनुसार बजेट आउनुपर्छ : अध्यक्ष ढकाल
-
भौतिक पूर्वाधारको नीति तथा कार्यक्रम पुरानै निरन्तरता
-
नीति तथा कार्यक्रमबारे स्वर्णिम वाग्ले : थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम