चार्जिङ स्टेशन बनाउन निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छ : मन्त्री बस्नेत
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन निर्माणका लागि निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले विद्युतीय सवारी सधानको चार्जिङ स्टेशन निर्माणका लागि निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने बताएका हुन् । उनले नेपाल विद्युत् प्राधिकरणले बनाएको चार्जिङ स्टेशनले मात्रै धान्न नसक्ने भन्दै थप स्टेशन बनाउनका लागि निजी क्षेत्रको सहभागिता आवश्यक पर्ने बताए । उनले चार्जिङ स्टेशन निर्माणमा निजी क्षेत्रहरु आइरहेको भन्दै अझै निजी क्षेत्रलाई भित्र्याउनका लागि सरकारले वातावरण बनाउने बताए ।
मन्त्री बस्नेतले विद्युतीय सवारी साधनको प्रयोगका लागि राज्यले प्रोत्साहन गर्ने बताए । उनले राज्यले सबै कुराको ग्यारेन्टी गरेपछि मात्रै विद्युतीय सवारी साधनको प्रयोगमा जाने भन्नेकुरा गलत भएको भन्दै प्रयोग गर्दै आइपर्ने समस्याहरु समाधान गर्दै जानुपर्ने बताए ।
मन्त्री बस्नेतले विभिन्न प्रकृतिका चार्जिङ स्टेशनहरु आइरहेका भन्दै एउटै प्रकृतिको ल्याउनुपर्छ भन्न सरकारले नसक्ने बताए । जुन कुनै प्रकारको चार्जिङ स्टेशनमा पनि उपभोक्ताले सहज ढंगले चार्जिङ गर्नसक्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण